Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • तेस्रो टी–२० क्रिकेट : केन्यामाथि नेपालको रोमाञ्चक जित

    तेस्रो टी–२० क्रिकेट : केन्यामाथि नेपालको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 933
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ ।

    नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो ।



    नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।



    यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।

    बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एकरएक विकेट लिए । यो जितसँगै पाँच खेलको शृङ्खलामा नेपालले दुई–एकको अग्रता लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार