काठमाडौं । भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् ।
उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।
कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने स्पष्ट पारे। उनले कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकाले कलाकारका धनदाता मातापिता उद्योगी, व्यापारीहरू भएको बताए।
Leave a Reply