Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यमबुद्धको सम्झनामा शान्ति दौड गरिने

काठमाडौं । दिवंगत र्‍यापर यमबुद्धको सम्झनामा आगामी असोज १ गते यमबुद्ध शान्ति दौड आयोजना हुने भएको छ ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यमबुद्ध फाउन्डेसनले उक्त जानकारी गराएको हो ।

फाउन्डेसन अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले दौडमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सहित खेलकुद तथा सांगीतिक क्षेत्रका व्यक्तित्वले भाग लिने जानकारी दिए ।

अध्यक्ष अधिकारीले देशमा शान्ति, सुव्यवस्था र विकासको कामना गर्दै शान्ति दौड कार्यक्रम गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077