Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बीबीएलमा बिकेनन् नेपालका कप्तान सन्दीप

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन् । सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन् ।

उनी पनि ड्रफ्टमा परेका थिए । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध भए ।

कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077