Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनको प्रस्ताव : काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ३२ वटै वडामा  एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।

आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन्।

मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।

काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।

त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ। महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो।

सडक फुटपाथमा नगर प्रहरी खटाएबापत यसअघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो। महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077