काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमतले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने जनाएको छ ।
आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार तीन बुँदे सहमतिबाट पछाडि हटेको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बस्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए ।
उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षडयन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।
संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको उल्लेख गरे। बास्तोलाले सरकारलाई सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह समेत गरे ।
Leave a Reply