काठमाडौं । महाभियोगको सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी परेको छ ।
महाभियोगको प्रस्ताव पुष्टी हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै उमेश बानियाँले उजुरी दिएका हुन् ।
आफूले २०७३ कार्तिक २९ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा चलेका मुद्दाका विषयमा न्यायपरिषदमा उजुरी गरेको र न्यायपरिषदबाट छानबिन गरी छानबिन समितिका दुई सदस्यले कारवाहीको सिफारिससमेत गरेको अवस्थामा तत्कालीन प्रधानन्यायाधीश जबराले २०७५ माघ १५ गते उक्त उजुरी निवेदन तामेलीमा राखेको बानियाँको जिकिर छ ।
यस अतिरिक्त तत्कालीन प्रधानन्यायाधीश जबराले कारबाही गर्नुपर्ने काभ्रेपलाञ्चोक जिल्ला अदालतका तत्कालीन न्यायाधीश लेखनाथ ढकाललाई उल्टै पुरस्कृत गरी उच्च अदालतको न्यायाधीशमा बढुवा गरेको बानियाँको भनाइ छ ।
Leave a Reply