Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - एक सय सिटभन्दा कम लिएर गठबन्धन गरे कांग्रेसभित्र विद्रोह हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताएका छन् ।

कांग्रेस क्षेत्रीय समिति मोरङ-६ ले आइतवार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा आफूले जोड दिएको उनले बताए । उनले १ सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न नसक्ने प्रष्ट पारे ।

एक सय सिटभन्दा कम लिएर कांग्रेसले गठबन्धन गर्‍यो भने कांग्रेसभित्र विद्रोह हुने उनले चेतावनी दिए । पार्टीभित्र बेथिति थपिँदै गएको समेत उनले बताए ।

बेथिति अन्त्य गर्न अहिलेको नेतृत्वले ध्यान नदिएको समेत नेता कोइरालाले बताए । राजनीतिक सिद्धान्त र विचार नेतृत्वले बिर्सेको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077