Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेशले भने - रामवरणसँग दर्जनौ पटक भेटघाट गरेका बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाए

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले केही बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नागरिकता विधेयकका बारेमा विभिन्न व्यक्तिहरूसँगको गरेको छलफलका बारेमा टिप्पणी गर्नेहरूलाई उनले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।

उनले राष्ट्रपति भण्डारीको बचाउ गर्दै छलफल तथा भेटघाट गर्ने कार्य ठीक भएको दाबी गरेका छन् ।

उनले ट्वीटरमा सन्देश लेख्दै भनेका छन्, ‘राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौँ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनि टिप्पणी गर्छन । दोहोरो चरित्र राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’

राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

आफूले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएपछि उनले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सम्वाद अघि बढाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077