Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

चितवन । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ३ वर्षीय सुलभलाई भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य सस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

तत्काल चितवन मेडिकल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको हो । बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएकोे छ । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077