Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनलाई गाली गर्ने एकजना पक्राउ

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई गालिगलौज गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिनामंगल, गैरीगाउँबाट जोगीको भेषमा रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले मेयर बालेन साहलाई अपशब्द प्रयोग गरिरहेको अवस्थामा प्रहरीले हिजो राति ९ बजेको समयमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनलाई गौशालास्थित प्रहरी वृत्तमा पुर्याएर थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077