काठमाडौं । काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । गोकर्णेश्वर नगरपालिका ६ मा गएराति साढे ११ बजे भएको दुर्घटनामा प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएको हो ।
बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२– ०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरका चालक शङ्खरापुर नगरपालिका(५ पालुबारीका ३५ वर्षका प्रहरी हवल्दार बालकुमार कट्वालको मृत्यु भएको हो ।
उनको अत्तरखेल मेडिकल कलेजमा उपचारमा क्रममा गएराति पौन १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षका सुरेश राई घाइते भएका छन् ।
यसैगरी मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रोजित गाइजु पनि घाइते छन् । गाइजुको नर्भिकमा र अरु दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।