Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब

    नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

    उनीहरूले राष्ट्रपतिलाई भेटेरै उक्त विधेयक प्रमाणीकरण गर्न दबाबसमेत दिएका छन् । उनीहरू राष्ट्रपतिलाई भेट्न शनिबार शीतल निवास पुगेका थिए ।



    नागरिकता विधेयक पुनः हुबहु राष्ट्रपति कार्यालयमा पठाउन आफूहरूले विभिन्न पक्षको ध्यानाकर्षण गराउने पनि उनीहरूले राष्ट्रपतिसँग बताएका थिए ।



    भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण तथा जितेन्द्र सोनाल सहभागी थिए । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार