Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता नामावली आइतबार सार्वजनिक हुँदै, अद्यावधिकका लागि तीन दिनको समय

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै यही भदौ १२ गतेदेखि कार्यक्रम सुरु हुने जानकारी दिएको हो । आयोगका अनुसार भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने छन् ।

आयोगले नामावली आइतबार प्रकाशन हुने भएकाले त्यसमा अद्यावधिक गर्नका लागि तीन दिनको समय दिएको छ।

उक्त नामावलीमा रहेको त्रुटी सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक मात्र स्थानमा नाम कायम राख्न भदौ १३ गतेदेखि १५ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन आयोगले अनुरोध गरेको छ।

यसैगरी मृत्यु भएका तथा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि १३ गतेदेखि १६ गतेसम्म निवेदन दिन पनि आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077