Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिका मतियार देशभित्रै छन् : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन्।

शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

उनले तत्कालको स्वास्थ पूरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताए।

पोखरेलले मुलुकको धर्म, संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077