Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

    प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 846
    SHARES

    बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् ।

    सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए । बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।



    नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन् । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् ।



    आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ । २०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार