Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बनस्थलीका अवैध संरचनामा पनि चल्यो काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थलीस्थित ढुंगेधाराको अवैध संरचनामा डोजर चलाएको छ । नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो ।

शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो ।

अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077