Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चाइनिज स्याउसहित विराटनगरबाट पाँच कन्टेनर नियन्त्रणमा

    चाइनिज स्याउसहित विराटनगरबाट पाँच कन्टेनर नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 1K
    SHARES

    विराटनगर । नेपाल भित्राइएको पाँच कन्टेनर चाइनिज स्याउ प्रहरीले नियन्त्रणमा लिएको छ । चीनबाट भारतको कोलकाता हुँदै ल्याइएको स्याउ शुक्रबार साँझ विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत नेपाल भित्राइएको स्याउसहित थप तीनवटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    विराटनगर महानगरपालिका–१३ मलाया रोडबाट नियन्त्रणमा लिइएका पाँचवटा कन्टेनर र तीनवटा ट्रक गरेर आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको मोरङका प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।



    उनका अनुसार शंकास्पद अवस्थामा एनएल ०१ एई ४७०५, एनएल ०१ एबी २४१०, एनएल ०१ एई ३७२२, एनएल ०१ क्यू २२२२ र एनएल ०१ एन २६६३ नम्बरको कन्टेनर नियन्त्रणमा लिइएको हो ।

    कन्टेनरलाई बाटोमै रोकेर स्याउ ‘अनलोड’ गर्दै गरिएका ना ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १–०२–००१ ख् ८५५६ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनका अनुसार भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा साँझ ६ः३० बजेतिर नियन्त्रणमा लिइएको हो।

    साथै भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    प्रहरीले माग्दा चालकले भीसीटीएसको विवरण र भन्सारका अन्य कागजपत्र उपलब्ध गराउन नसकेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार