Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक : नौं समूहमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो । आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ ।

प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ।

बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पालिका चुनावको परिणाम बिर्सेर आउँदो चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ।

प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर सङ्कट निम्त्याएको उल्लेख छ । यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077