काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई देशका राजदूत शुक्रवार आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।
शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत
साद नासिर अब्दुल्लाह अबु हाएमेड र स्लोभाक गणतन्त्रका गैर आवासीय राजदूत रोबर्ट म्याक्सिनले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
Leave a Reply