काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा टस जितेर बलिङ गर्ने भएको छ ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा केन्याले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विवेक यादवको ठाउँमा बसिर अहमद खेल्ने भएका छन् । आजको खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।
Leave a Reply