Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद

    दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 936
    SHARES

    महोत्तरी । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ६० बोरा चिनी बरामद गरेको छ ।

    महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ बेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो ।



    रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पु¥याउन सफल हुन नसक्दा प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको हो ।



    बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार