Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भदौ १५ गतेसम्म गठबन्धनको भागबण्डा मिल्छ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलबीच चुनावमा जाने सबै विषयको टुंगो भदौ १५ गतेसम्म लागिसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकाहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आज साँझसम्मका गठबन्धनले एउटा खाका तयार गरिसक्ने बताए ।

“बाहिर आएका दाबीहरु अनुमान मात्र हुन्, सबै कुरा मिल्छ,” प्रचण्डले भने, “सिट बाँडफाँट पनि मिल्छ ।”

त्यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने , ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ ।’

राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट छिन् । राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको भएपनि त्यो अस्वभाविक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077