Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनको टिमले आज पनि अवैध संरचना भत्काउने, कहाँ–कहाँ चल्दैछ डोजर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ ।

यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको छ ।

यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड शाखको अवैध संरचना आफैं हटाउन निर्देशन दिएका थिए ।

बुधबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको संरचनामा मेयर बालेनले डोजर चलाएका थिए ।

आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डीआईजी मिरा चौधरी, मेयर बालेन नेतृत्वसहित नगरप्रहरीको टोली अवैध संरचना हटाउन लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077