Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सैनिकको संख्या १० प्रतिशतले बढाउने रुसको तयारी

एजेन्सी । रुसले सैनिक संख्या १० प्रतिशतले बढाउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाल कायम सैनिक संख्याको १० प्रतिशत नयाँ भर्ति गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।

हाल रुससँग ११ लाख ५० हजार नियमित सैनिक रहेकोमा १ लाख ३७ हजार नयाँ भर्ति गरिने भएको छ । राष्ट्रपति पुटिनको आदेश आगामी जनावरिदेखि कार्यान्वयनमा जाने जनाइएको छ ।

नियमित सैनिक संख्या बढाएसँगै स्वयंसेवक सैनिकतर्फ पनि नयाँ भर्ति गर्न सकिने बताइएको छ । नयाँ सैनिक भर्तिपछि नियमिति सेना र स्वयंसेवक सेना गरी रुससँग कुल सैनिक संख्या २० लाख ४० हजार हुनेछ ।

रुसले युक्रेनको विशेष कारबाहीमा स्वयंसेवक सेना मात्रै क्रियाशील रहेको दावी पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077