Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • उत्पादन नेपालको, मूल्य भारतको

    उत्पादन नेपालको, मूल्य भारतको

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 912
    SHARES

    इलाम । दश वर्षअघि प्रतिमन (४० किलो) एक लाख ३० हजार रुपैयाँको बिक्री भएको अलैँची हाल ३० हजार प्रतिमन बिक्री भइरहेको छ ।

    एकातिर महँगी दोब्बरले वृद्धि भइरहे पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य वर्षेनी घटिरहेका कारण किसान चिन्तित भएका छन् । यस वर्षको अलैँची टिप्ने सिजन सुरु भएको छ ।



    जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भएपनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।



    तल्लो क्षेत्र रहेको इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकाको खोला किनार क्षेत्रमा रहेका बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् ।

    उच्च मुल्य हुँदा अलैँचीलाई खोल्साको कालो सुनको उपनाम समेत दिइएको थियो । तर, सोही अलैँची हाल करिब ३० हजार प्रतिमन बिक्री हुने गरेको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार