Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • महाअभियोग सिफारिस समितिले भन्यो – राणाविरुद्ध प्रमाण, कागजात भए उपलब्ध गराउनू

    महाअभियोग सिफारिस समितिले भन्यो – राणाविरुद्ध प्रमाण, कागजात भए उपलब्ध गराउनू

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन आग्रह गरेको छ ।

    शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो ।



    “नेपालको सविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ बमोजिम प्रतिनिधि सभाका एक चौथाईभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस गर्नु भएका छ,” सूचनामा भनिएको छ, “महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।”



    बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार