Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ ।

आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेण्डामाथि छलफल गर्नेछ ।

बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको बताइएको छ ।

त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077