Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सत्ता गठबन्धन : कार्यदलको बैठक निष्कर्षविहीन, कांग्रेसले दाबी गर्‍यो १०० सिट !

    सत्ता गठबन्धन : कार्यदलको बैठक निष्कर्षविहीन, कांग्रेसले दाबी गर्‍यो १०० सिट !

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    आज साँझ बालुवाटारमा बसेको बैठकमा दलहरूले आआफ्नै दाबी पेस गरेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।



    बैठकमा १६५ वटा निर्वाचन क्षेत्रको पनि समीक्षा भएको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    यस्तै नेपाली कांग्रेसले आगामी हुने निर्वाचनमा एक सय सिट दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ ।

    यसबारेमा गठबन्धनमा थप छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार