Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि…

    डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 933
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक पक्राउ परेका छन् । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको हो ।

    बा ८५ प ८९६७ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३६ जर्षीय केशव भुसालविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।



    मंगलबार साँझ ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाइएपछि कारबाही गर्न खोज्दा भुसालले ट्राफिक प्रहरीलाई नगद एकहजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।



    साथै ट्राफिक प्रहरीले नगद लिन इन्कार गर्दा गालीगलौज गर्नुका साथै विवाद गरी अभद्र व्यवहार गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा पाँच दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार