काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने स्पष्ट पारेको छ ।
बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन् ।
उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकहरूलाई लामो समयदेखि भर्ती गरिरहेका छौं। अब पनि गोर्खा भर्ती निरन्तर हुनेछ भन्ने मेरो अपेक्षा छ। र, त्यो भर्ती अग्निपथ योजनाअनुसार नै हुनेछ। म सँग अहिले भएको जानकारी यत्ति नै हो।’
भारतीय सेनाको गोर्खा रेजिमेन्टमा मूलतः नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ।
यसअघि नेपाल सरकारले नेपालीहरूलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो ।
Leave a Reply