Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनको चेतावनीपछि जिल्ला अदालत काठमाडौंले बुझायो नक्सा पासको विवरण

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)को चेतावनीपछि जिल्ला अदालत काठमाडौंले नक्सा पासको विवरण बुझाएको छ ।

काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण उपलब्ध गराएको हो ।

महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण थिएन । त्यही बमोजिम महानगरले अदालतलाई नक्सा पास भए नभएको विवरण उपलब्ध गराउन भनेको थियो ।

जिल्ला अदालतको नक्सा पास नभएको र नक्सा पास नभए त्यहा पनि डोजर चलाउने मेयर बालेनले चेतावनी दिएका थिए । बुधबार काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077