Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • एमाले पोलिटब्यूरोले पारित गर्‍यो उम्मेदवारका ५ मापदण्ड

    एमाले पोलिटब्यूरोले पारित गर्‍यो उम्मेदवारका ५ मापदण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोटका ५ वटा मापदण्ड पारित गरेको छ।

    मापदण्डमा विजयको सुनिश्चितता तथा लोकप्रियता तेस्रो नम्बरमा छ।



    उपमहासचिव पृथ्वी सुब्बा गुरुङका अनुसार पहिलो नम्बरमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता रहेको छ। दोस्रो पार्टी आन्दोलनमा निष्ठा रहेको छ।



    उम्मेदवार आकांक्षीको लोकप्रियता र विजयको सुनिश्चितता भने तेस्रो नम्बरमा राखिएको छ। चौथो नम्बरमा समावेशीता रहेको छ भने पाँचौंमा संविधानमा उल्लेख प्रावधान रहेका छन्।

    यी मापदण्ड सचिवालय, स्थायी कमिटी हुँदै पोलिटब्यूरोमा पास भएका हुन्। भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार