Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अल्फाबिटाको अवैध संरचनामा चल्यो डोजर

काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरुपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ।

नक्साविपरित संरचना बनाएको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वको संरचना भत्काएको हो।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।

फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।

अल्फाबिटाले अनधिकृतरुपमा फार्मेसी सञ्चलान गर्दै आएको थियो । ३५ दिने सूचना टाँस गर्दा पनि संरचना हटाउन नमानेपछि बालेन्द्र दलबलसहित बिहीबार अल्फाबिटा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077