Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौशालाको मुक्तिनाथ विकास बैंक तत्काल हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशालास्थित मुक्तिनाथ विकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ।

स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखेकाले तत्काल हटाउन निर्देशन दिएको काठमाडौ महानगरपालिकाले जनाएको छ।

सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।

त्यससँगै गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने भन्दै खाली गर्न निर्देशन दिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077