Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी र एसपीपीमा स्थिर अडान नराख्दा पार्टीलाई घाटा भयो : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी र एसपीपीमा पार्टीले स्थिर अडान लिन नसक्दा घाटा व्यहोरेको बताएका छन् ।

नेकपा एस पार्टी पूनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले यी मुद्दामा नेकपा एसले स्थिर अडान नलिएकाले आकर्षित जनताको पंती पार्टीमा आउनबाट रोकिएको बताए ।

‘ओली सरकारले अमेरिकासँग अगाडि बढाउँदै लगेको भित्रभित्रै हाम्रो देशमाथि थोपर्न लागेको असमान सम्झौता एमसीसी, एसपीपी सम्झौतामा पार्टीलाई स्थिर अडानमा राख्न सकिएन,’ उनले भने, ‘एक हप्ता अघि अस्वीकार गर्ने र एकहप्तापछि अनुमोदन गर्नपुग्दा हाम्रो पार्टी वरिपरि लहरका रुपमा आकर्षित भइरहेका जनताको पंती पार्टीमा आउनबाट रोकिनपुग्यो ।’

त्यस्तै, उनले ओली गुटविरुद्धको विद्रोह अझै जारी रहेको बताएका छन् ।

‘आज हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिक्षा विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ,’ उनले भने, ‘ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077