Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अग्निपथबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

    अग्निपथबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

    २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो ।



    समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बोलाएको थियो । तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित भएनन् ।



    बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । भारतले सैन्यभर्तीका लागि अग्निपथ योजना ल्याएको छ । उसले यो योजना अनुसार नै गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिरहेका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार