काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अनधिकृतरुपामा राखेका पसललगायत संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका छन्।
मेयर साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार क्षेत्रमा पुगेर अनधिकृतरुपमा राखेका पसललगायतका संरचना तत्काल हटाउन पुन: निर्देशन दिएका हुन्।
नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार विभिन्न स्थानमा पुगेर अनाधिकृत संरचना हटाउन पुन: निर्देशन दिएको हो ।
यसअघि महागरले अनाधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो ।