Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • महँगा मोबाइलमा एलसी बन्दले दुई तिहाइ घट्यो फोन आयात

    महँगा मोबाइलमा एलसी बन्दले दुई तिहाइ घट्यो फोन आयात

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन)मा स्मार्टफोनको आयात ५० प्रतिशतले घटेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको साउन महिनामा २ अर्ब २५ करोडले आयात घटेको हो ।



    भन्सार विभागका अनुसार चालू वर्षको साउन महिनामा विदेशबाट २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ ।



    जुन, गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको आयात भएको थियो । सरकारले ३०० डलरभन्दा महंगा स्मार्टफोन भित्र्याउन नपाउने गरी प्रतिबन्ध लगाएपछि आयात घटेको हो ।

    चालू वर्षमा विदेशबाट १ लाख ७६ हजार थान मोबाइल आयात भएको छ । गत वर्षको यही अवधिमा ६ लाख ६७ हजारभन्दा बढी थान मोबाइल आयात भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार