एजेन्सी । दिल्लीको एम्समा १५ दिनदेखि भर्ना भइरहेका राजु श्रीवास्तवलाई बिहिबार बिहान होश आएको छ ।
उनी कोमामा थिए । उनको स्वास्थ्यमा लगातार सुधार भइरहेको छ ।यसबारे जानकारी उनका भतिजो मयंक श्रीवास्तवले दिएका हुन् ।
परिवारका अनुसार बुधबार आधा घण्टाका लागि उनलाई भेन्टिलेटरबाट हटाइएको हो । यसअघि १५ अगस्टमा १ घण्टाका लागि उनलाई भेन्टिलेटरबाट हटाइएको थियो ।
त्यतिबेला उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई पुनः भेन्टिलेटरमा राखिएको थियो ।
Leave a Reply