Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धन बैठक : कार्यदललाई सिट बाँडफाँटको प्रतिवेदन पेश गर्न निर्देशन

    गठबन्धन बैठक : कार्यदललाई सिट बाँडफाँटको प्रतिवेदन पेश गर्न निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 777
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा एक सय ६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको हो ।



    साउन २२ गतेयता कार्यदलमा पटक पटक छलफल हुँदा पनि सहमति नभएपछि शीर्ष तहमा छलफल भएको थियो । शीर्ष नेताबीचको छलफलले पनि सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि कार्यदललाई विस्तृत विवरण पेस गर्न भनिएको छ ।



    कार्यदलमा १६५ सिटमा कांग्रेसले ८५–९०, माओवादीले ४०–४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२–१५ को वरिपरि सिट पाउने गरी कार्यदलमा छलफल चलिरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार