Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा, कैलाली १ बाट चुनाव लड्ने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बुधबार कैलालीमा आयोजित एक कार्यक्रममा उनले कैलालीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

क्षेत्र नम्बर १ टीकापुर क्षेत्रमा पर्छ । जहाँ अघिल्लो पटक उनका पति रेशम चौधरी निर्वाचित भएका थिए । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् ।

कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए ।

२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077