Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतसँग परराष्ट्रमन्त्री खड्काको अनुरोध

    ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतसँग परराष्ट्रमन्त्री खड्काको अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् ।



    सबै दलको एकीकृत धारणा बनाउनु पर्नेभन्दै मन्त्री खड्काले तत्कालका लागि उक्त योजनामा नोपली युवालाई सहभागी नबनाउन भनेका हुन् ।



    ‘अग्निपथ’ योजनामा नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले आज बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनोट गर्ने तयारी गरेको छ । ‘अग्निपथ’ योजना भारतमै विवादित बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार