Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी यात्रुबाहक रेलमा रुसीले रकेट आक्रमण गर्दा २२ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको रेल्वे स्टेशनमा रकेट आक्रमण गरेको छ । यात्रुबाहक रेलमाथि रकेट आक्रमणबाट २२ जनाको मृत्यु भएको हो ।

रुसको कब्जामा रहेको डोनेट्स्कको पश्चिममा अवस्थित च्यापलेन शहरमा यात्रुबाहक रेलमाथि रकेट आक्रमण भएको बताइएको छ । रकेट आक्रमणसँगै रेलमा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले उक्त आक्रमणमा करिब ५० जना घाइते भएको जानकारी दिएका छन्। रुसले भने आक्रमण सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

२४ अगस्टमा युक्रेनले स्वतन्त्रता दिवस मनाउने गरेको छ। स्वतन्त्रता दिवसकै दिन रुसी सेनाले युक्रेनी यात्रुबाहक रेलमाथि रकेट आक्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077