Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ निलम्बित

    थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 966
    SHARES

    एजेन्सी । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री प्रायुथ चान–ओचालाई निलम्बन गरेको छ ।

    बुधबार पाँचजना न्यायाधीशको इजलासमा भएको निर्णयमा चारजना न्यायाधीश प्रधानमन्त्री प्रायुथलाई तत्काल निलम्बन गर्ने पक्षमा उभिएपछि उनी निलम्बित भएका हुन् ।



    तर अदालतबाट अन्तिम फैसला आउन बाँकी छ । अदालतले अन्तिम फैसलाको मिति पनि तोकेको छैन । आजैदेखि लागु हुनगरी अन्तिम फैसला नआउन्जेलसम्मका लागि उनलाई निलम्बन गरिएको अदालतले बताएको छ ।



    उनको कार्यकाल सकिएको दाबीसहित विपक्षी राजनीतिक दलहरूले अदालतमा मुद्दा दायर गरेका थिए । सन् २०१४ देखि सरकारको नेतृत्व गर्दै आएका प्रायुथ आफ्नो कार्यकाल भन्दा बढी सयम सत्तामा रहेको उनीहरूको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार