काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।
बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको हो ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए।
प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो ।
Leave a Reply