काठमाडौं । बढ्दो सूचना प्रविधिको विकाससँगै अपराधको तरिकामा पनि परिवर्तन आएको त्यसलाई अनुसन्धान गर्नका लागि स्रोत, साधन र दक्ष जनशक्ति कम भएको प्रहरीले बताएको छ ।
क्राइम एक्सन प्लान क्याप अन्तर्गतको बागमती प्रदेशको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रातप सिंहले यस्तो बताएका हुन् ।
आईजीपी सिंहले भने ,‘पछिल्लो समयमा अपराधको ट्रेण्डमा परिर्वन आएको छ । त्यससँगै प्रहरीलाई आवश्यक पर्ने स्रोत साधनहरूको पनि कमी छ । त्यसलाई सरकारले सम्बोधन गर्ने विश्वास लिएका छौँ।’
पछिल्लो समयमा बढ्दो साइबर अपराधलाई अनुसन्धानको दायरामा ल्याउनका लागि स्रोत साधन र जनशक्तिको अभाव भएको उनले बताए ।
Leave a Reply