Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • ‘मिस नेसन नेपाल २०२२’को फिनाले शुक्रबार हुँदै

    ‘मिस नेसन नेपाल २०२२’को फिनाले शुक्रबार हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 828
    SHARES

    काठमाडौं । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको हो ।

    प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।



    प्रतियोगिताको बिभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरि मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यहि भाद्र १० गते थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजक ललिता सापकोटाले बताइन् ।



    बिजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद रु. १ लाख, विभिन्न फेशन शो र रनवेमा सहभागीता, म्यूजिक भिडियो, पत्रपत्रिका÷म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार