Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं जिल्ला अदालतमा पनि डोजर चलाउने मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेका छन् ।

महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो ।

जिल्ला अदालतको नक्सा पास नभएको र नक्सा पास नभए त्यहा पनि डोजर चलाउने बताए । बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर साहले सबै अनधिकृत संरचना हटाउने बताएका हुन्।

नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ । महानगरपालिकाको अभिलेखमा भवनको नक्सा पासको कुनै कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो ।

बुधबार काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077