Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाको उजुरी दर्ता

    मोरङमा मिटरब्याजी विरुद्ध ३७ जनाको उजुरी दर्ता

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 966
    SHARES

    विराटनगर । अरुलाई गरिब बनाएर आफू धनी बन्ने मिटरब्याजी मोरङमा पनि देखा परेका छन् ।

    मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ- आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।



    ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिका सहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासोसहितका उजुरी परेको बताइएको छ । सयकडा तीनदेखि पाँचसम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् ।



    ऋणीहरू एक लाखदेखि रु पाँच लाखसम्म ऋण लिएको र लिएको ऋणभन्दा पनि बढी ब्याज बुझाई सक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुवेदीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार